सानै उमेरमा चम्किएका सुदुरका बालगायक सुप्रिम मल्ल ठकुरी


धनगढी – अहिलेका सर्वाधिक लोकप्रिय र सङ्गित जगतमा एक अलग पहिचान बनाउन सफल बालकलाकार मध्येको  एक नाम हो सुप्रिम मल्ल ठकुरी !
बि. सं.२०६९ साल एक महिना ३० गते  बुवा कृष्ण मल्ल ठकुरि र आमा उर्मिला शाहि मल्लको कोखबाट नेपालगन्जमा जन्मिएका चर्चित बालकलाकार सुप्रिम मल्ल ठकुरि  यति खेर पढाई सङ्ग सङ्गै सङ्गित क्षेत्रमा निकै ब्यस्त रहन्छन ।
जन्म पश्चात  बुवा आमा सङ्गै नेपालगन्ज मै  बस्दै आएका सुप्रिमको स परिवार २०७४ तिर काठमाडौ छिरेका थिए ।
सुप्रिमका बुवा स परिवार काठमाडौ छिर्ने बेला सुप्रिम ५ बर्षका मात्रै थिए उति खेर  देखि नै सङ्गित तिर निकै लगाव राख्ने १० वर्षिय  मल्ल आफ्नो स्थायी ठेगाना  बाजुरा भए पनि अहिले आफ्नो स परिवार सङै  काठमाडौ मै बस्दै आएका छ्न ।
काठमाडौ छिरे देखि नै सुप्रिम लोकप्रिय कार्यक्रम इन्द्रेणीमा समेत धाउने र दोहोरि टुक्का जस्ता गितहरु गाई रहन्थे ।
सुप्रिमका बुवा कृष्ण आफैमा पनि सङ्गितकार हुन उनले हाल काठमाडौ मै रहेर दुरदर्पण स्टुडियो पनि संचालन गरिरहेका छन ।बुवा पनि सङ्गित क्षेत्रलाई राम्रो सङ्ग चिन्ने भएर पनि सुप्रिमलाई यति कम उमेरमै धेरै चर्चा बटुल्न पनि सफल भएका हुन ।
उनी संगीत क्षेत्रमा  आएको भने धेरै समय भएको छैन  । ‘द भ्वाइस अफ किड्स ’को पहिलो सिजनमा उपविजेता बनेपछि सुप्रिमको प्रगतिको ढोका खुल्यो । ‘द भ्वाइस अफ किड्स ’ को उपाधि  उनले हात नपारे पनि अरुको  भन्दा सुप्रिमको चर्चा धेरै भयो र उनले यो चर्चालाई सक्दो निरन्तरता पनि दिइरहेकै छ्न  ।
‘ भ्वाइस अफ किड्स ’ बाटै आफ्नो पहिचान बनाउन सफल सुदुर पहाडका प्रतिस्पर्धामा रहेका  एक १०  वर्षिय  सुप्रिमलाई नचिन्ने र उनका चाइल्ड भर्सन सङ्गै ओरिजिनल स्वरका गित नसुन्ने र मन नपराउने मान्छेहरु  बिरलै पाइन्छन ।
‘द भ्वाइस अफ किड्स’ सकिनासाथ उनको स्वरमा गीत रेकर्ड गराउन चाहनेहरुको संख्या लामै देखियो । सुप्रिमले पनि एकपछि अर्को हिट दिँदै गए ।
पछिल्लो समयको युवायुवती , स साना बालबालिका सङ्गै सबैखाले मानिसहरुको मुखमै झुण्डिएको गीत ‘फापर को पिठो पठाइदेउ आमा ’ ले  सुप्रिमको लोकप्रियतालाई नयाँ उचाई दिएको छ । त्यसो त यो भन्दा अगाडि पनि उनका चाइल्ड भर्जनमा  धेरै  गीतहरु रेकर्ड  भइसकेका छन् ।
सानै आफ्नो बाल्यकालको आधा उमेरमै धेरै कुरा हरु भोगि र बुझिसकेका  सुप्रिमले बास्तबिकतामा आधारित सबै खाले दर्शक स्रोताले सुन्ने खाले गितहरु गाएका कारण पनि उनको स्वरलाई निकै रुचाइएको छ ।
सुप्रिम मात्र होइन, अहिले सांगीतिक दुनियामा राज गरिरहेका अरु पनि बालगायक बालगायिका छन्, जो रियालिटी शोका उत्पादन पनि   हुन् । नेपाली टेलिभिजनमा पछिल्लो समय रियालिटी शोको बाढी आइरहँदा तिनीहरुले थुप्रै प्रतिभा जन्माइरहेका छन् । रियालिटी शोबाट आएका सबै सफल नै हुन्छन् भन्ने चाहिँ छैन । रियालिटी शोमा विजेता बनेकाहरु खासै चल्न नसकेका र टप टेनबाट आउट भएकाहरु चम्किएका पनि  उदाहरण छन् ।
अन्तरास्ट्रिय  टेलिभिजनहरुमा  विभिन्न  ‘आइडल’का नाममा  रियालिटि सो हरु  सुरु भएपछि त्यसले नेपालमा पनि निकै प्रभाव पार्यो  । ति सो हरुको लोकप्रियता  देखेर नेपाली टेलिभिजनमा पनि विभिन्न  गायन रियालिटी शोका आवश्यकता महसुस गरियो  र पहिलोपटक नेपाल टेलिभिजनबाटै नेपाल आइडल  सुरुवात भयो र त्यो लगत्तै ‘द भ्वाइस अफ नेपाल’ पनि सुरु गरियो र यसले  पनि निकै चर्चा पायो र यस्तै  सिङ्गिङ स्टार, नेपाल लोक स्टारजस्ता अरु रियालिटी शोहरु पनि नेपाली टेलिभिजनमा प्रशारण भएका छन् ।
यि विभिन्न सो हरु सुरुवात हुदै गर्दा  ‘भ्वाइस अफ किड्स’ को पनि सुरुवात भएको थियो ।
‘भ्वाइस अफ किड्स’ को पहिलो सिजनमै  फस्ट रनरअप बन्न सफल सुप्रिम मल्लको क्रेज लोभलाग्दो छ । नेपाली चाइल्ड भर्जन गितहरुका कभर फोटो ,  ब्यानरदेखि आधुनिक गीतसंगीतमा उनको चाइल्ड भर्जनको स्वरले जादु नै छरेको छ ।

लोकप्रिय  ‘फापर को पिठो पठाइदेउ आमा ’ ‘ मेरो बाबा सुपर मेन’  , ‘परान बाकि छ’  , ‘न्याउलि बरु’ लगायतका चाइल्ड भर्जन सङ्गै लाईभ दोहोरि र अन्य कयौं गीतहरु सुपरहिट भए ।
बालगायक सुप्रिम मल्ल ‘भ्वाइस अफ किड्स’मा सहभागी हुँदा आफूलाई सांगीतिक दुनियाँमा स्थापित हुन सहज भएको उनको भनाई छ । तर, रियालिटी शोमा पुगेपछि त्यसको टाइटल जित्छु भन्नेमात्र सोच बनाएर अगाडि बढ्न नहुने पनि सुप्रिमको तर्क छ । उनले भने–‘मलाई रियालिटी शोले चाडै दर्शकमाझ स्थापित हुन सहयोग गरेको छ । तर, रियालिटी शो एउटा सिजन हो । यसपछि पनि आफ्नो लगावलाई विर्सन हुँदैन ।’ मैले त अहिले सम्म सानोतिनो सुरुवात मात्रै गरेको छु साङ्गितिक दुनियामा अझै धेरै परिक्षा दिन बाकि छ ।
सुप्रिमका अहिले चाइल्ड भर्जनका गितहरु मात्रै भाइरल नभएर दोहोरि अनि टुक्का पनि भाइरल छन । उनले अहिले सम्म बिभिन कार्यक्रम महोत्सब हरु पनि आफ्नो प्रस्तुति देखाइसकेका छन ।  उनको पहिलो स्टेज प्रोग्रामको रुपमा भने  सुदुरपच्चिम महोत्सब अत्तरियामा दिएको प्रस्तुति  थियो भने उनले कास्कि, पोखरा, सुर्खेत , नेपालगन्ज , धनगढि सङ्गै नेपालका  थुप्रै ठाउका  कार्यक्रममा  समेत प्रस्तुति देखाए सङ्गै  पुरस्कार अनि सम्मान पनि पाइसकेका छन ।

काठमाडौको सामाखुसि स्थित महर्सि बिधालयमा कक्षा ५ मा अध्ययनरत सुप्रिम गित सङ्गित सङ्ग सङ्गै पढाइमा पनि एकदमै अब्बल मानिन्छन् ।उनि जहिले पनि पहिलो श्रेणी मै उतिर्ण हुन्छन् । त्यसैले पनि सुप्रिम जस्तो विद्यार्थी पाउनु महर्शि बिधालयका लागि  निकै गौरवको विषय मानिन्छ ।त्यसैले पनि महर्शि बिधालयको बोर्डमै सुप्रिमको फोटो समेत राखेर १२ सम्मको पढाई निशुल्क गर्ने ब्यवस्था पनि  गरिएको  छ।
सङ्गित जगतमा आफ्नो चर्चा बटुल्दै गर्दा पछिल्लो समय उनि दैनिक दुइ देखि तिन गितहरु रेकर्ड समेत गराईरहेका छ्न ।

नेपालमा मात्रै नभएर अहिले  उनलाइ बिदेशमा पनि कार्यक्रमको लागि अफर आइरहेको र  उनको पढाइले गर्दा सबैलाइ समय दिन मिलेको छैन ।
सुप्रिमलाई सङ्गित बाहेक मन पर्ने अर्को पक्ष आर्टकला पनि हो
रियालिटी शोबाट धेरै प्रतिभाहरु उदाएपनि कमैले मात्र आफूलाई बलियो प्रमाणित गरेका छन् । कोही विजेता बनेर पनि हराएका छन् भने कोही स्वरको परिक्षा दिदै सांगीतिक दुनियाँमा चम्किएका छन् यि मध्ये का एक हुन सुप्रिम मल्ल ।
(बुङ्गल न्युज सम्बाददाता कबिर सिंह र सुप्रीम मल्लको पारिवारिक श्रोत बाट )



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ