गत आर्थिक बर्षमा १० खर्ब ६७ अर्ब राजश्व संकलन
काठमाडौं : आर्थिक बर्ष २०७८।७९ मा १० खर्ब ६७ अर्ब राजश्व संकलन भएको छ । महालेखापरीक्षक कार्यालयको तथ्यांकअनुसार सरकारले गत आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब राजश्व सँकलन गर्ने लक्ष्य राखेकोमा १० खर्ब ६७ अर्ब ९५ करोड अर्थात लक्ष्यको ९०.४६ प्रतिशत संकलन भएको देखिएको छ ।
कार्यालयको तथ्यांकअनुसार १० खर्ब ६७ अर्ब ९६ करोड २५ करोड रुपियाँ बराबरको कर राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ९ खर्ब ८४ अर्ब १६ करोड ४२ लाख बराबरको संकलन गरिएको छ । यो कूल लक्ष्यको ९२।१५ प्रतिशत हो ।
तपाईको प्रतिक्रिया दिनुहोस