भीम रावलको गृहजिल्ला अछाममा एमाले र एकीकृत समाजवादीबीच तालमेल
काठमाडौं । केन्द्रको निर्देशन अवज्ञा गर्दै नेकपा एकीकृत समाजवादीले अछाममा एमालेसँग तालमेल गरेको छ । एमाले नेता भीम रावलकै गृह जिल्लामा यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको हो ।
एमाले नेता कृष्ण प्रसाद जैशीका अनुसार अछामको मेल्लेख गाउँपालिकामा दुई दलबीच तालमेल भएको हो । दुई पार्टीबीच भएको सहमति अनुसार सो पालिकामा एमालेले अध्यक्षमा भीम खड्का र समाजवादीले समिता महरालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।सत्ता गठबन्धनको शुक्रबार बसेको बैठकले पाँच दलभित्र आवद्ध दललाई अन्य दलसँग तालमेल भएका ठाँउमा खारेज गर्न निर्देशन दिएको थियो । तर, उम्मेदवारी फिर्ता लिने अन्तिम दिन शुक्रवार दुई पार्टीबिच सहमति भएको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस