आइपीएल : गुजरात प्लेअफ नजिक


 

काठमाडौं ।  सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ मा सातौ जित निकाल्दै प्लेअफ नजिक पुगेको छ ।

जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । गुजरातका ऋद्धिमान शाहले सर्वाधिक ६८ रन बनाए । राहुल टेवाटियाले ४० रनको योगदान गरे । हैदराबादका उमरान मलिकले एक्लै ५ विकेट लिए ।

यसअघि मुम्बइमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनायो । हैदराबादका ओपनर अभिषेक शर्माले सर्वाधिक ६५ रन बनाए । यस्तै, एडेन माक्ररमले ५६ रनको योगदान गरे । गुजरातका मोहम्मद शामीले ३ विकेट लिए ।

जितपछि गुजरात ८ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ८ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ