परराष्ट्रमन्त्रीको प्रस्टीकरण : देउवा पार्टी सभापतिको हैसियतमा भाजपा कार्यालय जानुभएको हो
काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्काले शेरबहादुर देउवा प्रधानमन्त्रीको रुपमा नभइ कांग्रेस सभापतिको रुपमा भाजपा कार्यालय भ्रमणमा गएको तर्क गरेका छन् ।तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसटँग कुरा गर्दै मन्त्री खड्काले देउवा सभापतिको रुपमा सत्तारुढ भारतीय जनाता पार्टी (भाजपा) को कार्यालयमा पुगेको दाबी गरेका हुन् ।
प्रधानमन्त्री कुटनीतिक मर्यादामा नरहेको विषयको खण्डन गर्दै उनले सभापति भएको नाताले कांग्रेसले दुवै देशसँग मैत्री पूर्ण सम्बन्ध राखेको बताए ।चीनको कम्युनिस्ट पार्टीका साथमा भारतीय कांग्रेस र भाजपासँग कांग्रेसको राम्रो सम्बन्ध रहेको बताए । देउवा कांग्रेस सभापतिको रुपमा सम्बन्ध कायम राख्न भाजपा कार्यालय पुगेको उनको भनाइ छ । साथै उनले प्रधानमन्त्री देउवाको भ्रमणले नेपाल भारत सम्बन्धलाई थप नयाँ उचाईमा पुर्याउने बताए ।
’दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रधानमन्त्रीको भ्रमणले नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण भयो’ खड्काले भने, ’कोभिडका कारण उच्चस्तरीय भ्रमण भएका थिएनन्, यो भ्रमणले नेपालको छिमेकीसँगको बहुआयामिक सम्बन्ध प्रगाढ र नयाँ उचाइमा पु¥याउने कुरामा प्रधानमन्त्री जोड दिनु भएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस