स्थानीय तह निर्वाचन :खप्तड छान्ना ७ मा गोपाल रोकाया नै किन ?
बझाङ – चिया पसलदेखि भट्टी पसलसम्म, किराना पसलदेखि सुन पसलसम्म, गाउँदेखि शहरसम्म, सामान्य जनतादेखि नेतासम्म जताततै स्थानीय तहको निर्वाचनको चर्चाले छोएको छ ।
अझ भनौ यी सबै पक्षलाई निर्वाचनको बहसले तताएको छ । जनताहरु पनि यस प्रकारको बहस गर्न थालेका छन् ।कुन ठाउँमा कुन पार्टीको पहुँच कस्तो छ ? कसले टिकट पाउँछ ? कसले चुनावमा बाजि मार्छ ? यस्तै यस्तै विषयमा बहस केन्द्रित भएका छन् ।
क्रियाशिल दलहरु आफ्नो उम्मेदवार चयनमा व्यस्त छन् । नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा एमाले लगायत अन्य साना दलहरु आ–आफ्नो पार्टीको नगरपालिका,गाउँपालिका देखि सबै वडाहरुमा आफ्नो पार्टीको उम्मेदवार छान्ने मै व्यस्त छन् ।
अहिलेसम्म कुनै पनि पार्टीले उम्मेदवारको घोषणा गरेको छैन ।उम्मेदवार घोषणा नभए पनि प्रायः सबै पार्टीले टोल टोलमा घरदैलो अभियान समेत सञ्चालन गर्न थालेका छन् । स्थानीय तहको निर्वाचन भएकोले पनि निर्वाचन कडा हुने प्रष्ट छ ।
गणतन्त्र नेपाल र संघीय संरचना अनुसारको दोस्रो स्थानीय तहको निर्वाचन भएकोले पनि यसलाई सबैले चासोका साथ लिएका छन् । पहिलो स्थानीय तहको निर्वाचन २०७४ सालमा सम्पन्न भएको हो । पहिलो निर्वाचनमा काठमाडौंको सिंहदरबार गाउँगाउँमा आउँदैछ भन्ने नारासहित निर्वाचन सम्पन्न भएको थियो । साच्चिकै काठमाडौंको सिंहदरबार गाउँगाउँमा आयो कि आएन ? जनताको चाहना बमोजिमको स्थानीय सरकारले काम गर्न सक्यो कि सकेन ? त्यसको मुल्यांकन जनताले गर्न आवश्यक छ।
स्थानीय निर्वाचन हुँदैछ भनेर हामी उत्साहित छौ । तर कस्तो उम्मेदवार छान्न सक्यौ भने मात्रै जनताको चाहना अनुसार काम गर्न सक्छौ अब ध्यान त्यतातर्फ दिन जरुरी छ । स्थानीय तहको निर्वाचन बैशाख ३० मा हुदैछ । यसमा हामीले योग्य उम्मेद्वार छान्न सक्नुपर्छ । यस्तै बझाङ जिल्ला खप्तड छान्ना गाउँपालिका वडा नं. ७ का पहिलो स्थानीय चुनाबका पराजित वडाअध्यक्ष गोपाल रोकाया यसपटकको स्थानीय चुनावका वडा अध्यक्षयका प्रवल दावेदार हुन् । उनी विगत ३० वर्षदेखि नेकपा एमालेको स्थानीय स्तरमा सक्रिय राजनीतिमा लागिरहेका छन् । रोकाया अहिले नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुन् ।
गोपाल रोकाया स्थानीय चुनाव २०७४ मा थोरै मतान्तरले पराजित भएपनि वडामा उनको प्रभाव अहिलेसम्म कायमै रहेको छ । अहिलेको स्थानीय चुनावमा उनले आफ्ना कार्ययोजना प्रतिवद्धता सार्वजनिक गरेका छन् । नयाँ विकासको खाका कोर्ने अठोटका साथ रोकायाले निर्वाचन लक्षित आफ्ना आगामी योजना तथा प्रतिवद्धता सार्वजनिक गरेका हुन् । जसमा पर्यटन, स्वास्थ्य, कृषि, शिक्षा लगायतका योजनाहरू समेटिएका छन् ।
ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुलाई स्थनीय स्वास्थ्य चौकीसँगको सहकार्यमा आवश्यकताअनुसार घरदैलोमा पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने राेकायाले बताए । त्यस्तै उनले वडामै आधारभूत तथा एसईई तहसम्मको खुल्ला महिला विद्यालय सञ्चालन गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।
राेकायाका कार्ययाेजना
१ वडा नं. ७ लाई नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै आन्तरिक र वाह्य पर्यटकको आवगमनलाई वढाउन योजना अघि सार्ने ।
२ वडा वासिलाई स्वास्थ्य विमामा अनिवार्य सहभागी गराउने र न्यून आए भएका व्यक्तिहरुलाई निःशुलक स्वास्थ्य बीमाको सुविधा दिइने ।
३ भौगोलिक अनुकुलताका आधारमा योजना निर्माण,दीगो अर्थ सामाजिक विकासको लक्ष्य अनुसार समाजको चौतर्फि विकासमा ध्यान दिने ।
४ वडा नं. ७ को समग्र विकासको मार्गचित्र कोर्नेगरि वडाकै विकासप्रेमी,दक्षजनशक्ती र अनुभवीहरुको सहभागीता गराउने ।
५ कृषि आधुनिकरण परियोजना अन्र्तगत प्रदेश र संघीय सरकारसंगको सहकार्यमा कृषि अनुदान र प्रोत्साहन घोषण गर्ने लगायतका प्रतिवद्धता जाहेर गरेका छन् ।
हाम्रो भन्दा पनि राम्रो नेतृत्व चयन कसरी हुन सक्छ अबको बहस यतातर्फ हुनुपर्छ । अबको उम्मेदवारको योजना भनेको नगर ,गाउँ गाउँमा विकास गर्न सक्ने,गाउँमा पर्यटन, कृषि, पशुपालन लगायतका क्षेत्रमा विकास गरि आय आर्जनमा बृद्धि गर्न सकिन्छ भन्ने हुनुपर्छ । नकी खानेपानीको धारा, विजुलीको पोल, मासु, रक्सी बाडेर चुनाव जित्नेमा होईन रोकायाले भने, ।
तपाईको प्रतिक्रिया दिनुहोस