एमालेको पोलिटब्युरो बैठक बस्दै, के-के छन छलफलका एजेन्डा ?


काठमाडौं ।  स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एमालेकाे पाेलिटब्युराे बैठक आज साेमबार बस्दै छ । बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजे बैठकका लागि तय भएकाे छ ।एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले निर्वाचन घाेषणापत्र, उम्मेदवार चयन कसरी गर्ने लगायत विषयमा छलफल हुने बताए । पाेलिटब्युराेमा ९९ जना छन् ।

यही चैत ९ र १० गते काठमाण्डुमा तय भएको केन्द्रीय कमिटीको तेस्रो बैठकका पूर्वसन्ध्यामा पोलिटब्युरो बैठक बस्न लागेको हो । चैत १ गते भएको एमालेको सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटीका बैठक तय गरेको थियो ।त्यसैगरी आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्ष र सदस्यको उम्मेदवारको सिफारिस वडा कमिटीबाट भई जिल्ला कमिटीले निर्णय गर्ने प्रस्ताव गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ