स्थानीय तहकाे निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै


 निर्वाचन आयोगकाे आह्वानमा आज शुक्रबार सर्वदलीय बैठक बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयाेगले बिहान ११ बजे बैठक बोलाइएको हो ।

‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ,’ आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने

उनका अनुसार संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ । १२ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । स्थानीय तहमा पहिलाे कार्यकाल पूरा हुन थाल्दा निर्वाचनकाे तयारी आयोगले थालेको छ ।

निर्वाचन अगाडि मतदाता नामावली संकलनलगायतका विषयमा आयोगले छलफल गर्न लागेको हो । स्थानीय तहको निर्वाचनका लागि सरकारलाई मिति प्रस्ताव गरिसकेकाले दलको राय लिने तयारी सर्वदलीय बैठकमार्फत निर्वाचन आयोगले गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ