यस्तो छ आइतबारको मौसम पूर्वानुमान


काठमाडौं । – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान गरेको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।मंगलबार कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ