मन्त्रिपरिषद बैठक : विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेल नियुक्त


काठमाडौँ । सरकारले विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालत पाटनका न्यायाधीश पौडेललाई विशेष अदालतको अध्यक्ष तोक्ने निर्णय गरेको हो ।साथै सदस्यहरूमा न्यायाधीशहरू रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिकराम कोइराला, बलभद्र बाँस्तोला र खुसीप्रसाद थारू रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।त्यस्तै बैठकले परराष्ट्र मामिला अध्ययन विकास प्रतिष्ठानमा ६ जना सदस्यहरू मनोनीत गरेको छ । सदस्यहरुमा दुर्गाप्रसाद भट्टराई, प्रा डा कुशुम शाक्य, प्रज्ञा घिमिरे, बालानन्द शर्मा, शेखर गोल्छा र प्रेमप्रसाद लिम्बूलाई मनोनीत गरिएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ