प्रतिनिधिसभाको दोस्रो बैठक सुरु
काठमाडौँ । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ । एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित भएपछि स्थगित भएको बैठक पुनः सुरु भएको हो ।बैठक सुरु भएलगत्तै अर्थमन्त्री जनार्दन शर्माले एमसीसीको व्याख्यात्मकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गरेका छन् । बैठक सुरु भएसँगै प्रतिपक्षी दल एमालेले नाराबाजी सुरु गरेको छ । तर नाराबाजीका बीच सभामुख अग्नि सापकोटाले बैठक अघि बढाएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस