बानेश्वरमा चर्कियो प्रदर्शन, ठूलो संख्यामा प्रहरी परिचालन
काठमाडौं । सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकबाट एमसीसी पास गर्ने तयारी गरेको छ । सरकारले एमसीसी आजको संसद बैठकबाटै पास गर्ने निर्णयगरेसँगै संसद भवन नयाँ बानेश्वर क्षेत्रमा एमसीसीका विरुद्धमा प्रदर्शन गरिएको छ ।एमसीसी विरुद्धको प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले काठमाण्डुको माइतीघरदेखि बानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ ।
विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो । नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाइसियल लगायत विभिन्न राजनीतिक दलका जनवर्गीय संगठनहरुले एमसीसीको विरोधमा प्रदर्शन गर्दै आइरहेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस