एमसीसी आजै पास गर्ने सत्ता गठबन्धनको निर्णय
काठमाण्डु – सत्ता गठबन्धनले एमसीसी आजै पारित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न सत्ता गठबन्धनको बैठकले आज बस्ने प्रतिनिधिसभाको बैठकबाट एमसीसी पास गर्ने निर्णय गरेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदमा उठेका प्रश्नहरुमा सरकारको जवाफ र व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुनेगरी एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय भएको बताए । पौडेलका अनुसार संसदको आजै बस्ने दोस्रो बैठकले एमसीसी पारित गर्नेछ ।
सत्ता गठबन्धका साझेदार पाँच दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपा नेपालबीच ब्याख्यात्मक टिप्पणीसहित उक्त सहमति भएको हो । राष्ट्रिय जनमोर्चा भने एमसीसीको विरोधमा छ ।
तपाईको प्रतिक्रिया दिनुहोस