टान अध्यक्षमा माओवादीले मार्‍यो बाजी, सत्ता गठबन्धनका उम्मेदवार पराजित


काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन् ।

माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डेले कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गरेका हुन् ।

कांग्रेससँग असन्तुष्ट खेमाले पाण्डेलाई साथ दिएको थियो ।

पाण्डेले ५८० मत पाएर विजयी हुँदा सापकोटाले ४८० मत पाएका छन् ।

बरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५५८ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी चोलेन्द्रबहादुर कार्कीले ४८६ मत पाएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ