परराष्ट्र मन्त्री आर्जु राणा देउवाविरुद्ध स्टार्टस लेख्ने दुई युवा पक्राउ 


कैलाली : परराष्ट्र मन्त्री आर्जु राणा देउवा लाई लिएर स्टार्टक लेख्ने दुई युवा लाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

आज धनगढी बाट उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको हो । धनगढीका रचित शाह र प्रतिक जोशी लाइ नियन्त्रणमा लिएर सोधपुछ भैरहेको कैलालीका  प्रहरी प्रबक्ता कबिन्द्र बोहराले बताउनु भयो । पक्राउ परेको पक्षकाले फेसबुकमा आफ्नो धारणा राख्दैमा प्रक्राउ गरेको प्रति गुनासो गरेका छन । यता कैलाली प्रहरीका अनुसार अर्कै बिषयमा उनिहरु लाई सोधपुछका लागि पक्राउ गरिएको बताउदै आएको छ ।
मन्त्री राणा भोली गृह क्षेत्र धनगढी आउनुहुने कार्यक्रम छ । उनको निवास धनगढीमा राखिएको गौरा देवीको समापन गर्ने कार्यक्रमका लागि धनगढी आउने तयारी भएको हो ।

भोलि गौरा देवीको समापन गरे पछि पार्टीका अन्य पदाधिकारीसँग भेटघाट गर्ने र धनगढी उपमहानगरपालिका वाड नं. ४ को वडा कार्यालय भवनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

परराष्ट्र मन्त्री राणा धनगढी आउने भएपछी पार्टी तथा मन्त्री राणा संग असन्तुष्ट समुहले विरोध गर्ने तयारी गरेको छ । पार्टीमा मुल्याकंन नभएको, विभिन्न भात्र्ती संगठनमा नेतृत्व चयनगर्दा आसेपासे लाई चयन गरिएको तथा एकलौटी गरेको आरोप सहित एक समुह मन्त्री राणा संग असन्तुष्ट रहिआएको छ । उक्त समुहले नै भोलीको भ्रमण लाई विथोल्न कालो झण्डा देखाउने तयारी गरेको उक्त समुहले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ