सुदूरपश्चिम प्रदेशसभा विशेष अधिवेशन अन्त्य, अध्यादेश ल्याउने तयारी


धनगढी – सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन बुधबार अन्त्य गरिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभा विशेष अधिवेशन अन्त्य गरेका छन् ।

यससँगै प्रदेश सरकारलाई बजेट सम्बन्धी अध्यादेश ल्याउने बाटो खुलेको छ । सरकारले असार मसान्तसम्म बजेट पारित गर्न नसक्दा सुदूरपश्चिममा बजेट शुन्यताको अवस्था छ ।

यस्तो अवस्थामा नयाँ बनेको सरकारले तत्काल राजस्व संकलनका लागि अध्यादेश ल्याउने तयारी गरेको छ । सरकारले राजस्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको सामूहिक कर अध्यादेश २०८१ ल्याउने जनाइएको छ ।

अध्यादेश सिफारिस गर्न बिहीबार बिहान ९ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ