हेलिकप्टर दुर्घटनाको छानबिन गर्न ३ सदस्यीय समिति बनाउने मन्त्रिपरिषद्को निर्णय


काठमाण्डु – एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले ३ सदस्यीय समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हेलिकप्टर दुर्घटनाको अध्ययन गर्न समिति बनाएको हो ।

नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा गठन गरिएको छानबिन समितिको सदस्यहरूमा एरोनोटिकल इन्जिनियरहरू विष्णु बस्नेत र तनुजा पोखरेल रहेका सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । समितिलाई ३० दिनको कार्यादेश दिइएको छ ।

बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा रहेका ५ जनाको ज्यान गएको थियो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ