गुडिरहेको माइक्रोमाथि रुख ढल्दा नौ यात्रु घाइते


पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– ५ जरेमा गुडिरहेको माइक्रोमाथि रुख ढल्दा नौ यात्रु घाइते भएका छन्।

धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती १.००६च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुलनजिक रुख ढल्दा उक्त दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

‘घाइते सबै खतरामुक्त छन्,’ प्रहरी नायब उपरीक्षक मिश्रले भने । रुख ढल्दा पृथ्वी राजमार्ग केहीबेर दुईतर्फी अवरुद्ध बनेको थियो। (रासस)



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ