प्यारा तालको सौन्दर्यता बढाउन वृक्षारोपण


कञ्चनपुर : नागरिकको स्वस्फुर्त सहभागितामा प्याराताल क्षेत्रमा वृक्षारोपण गरिएको छ । कञ्चनपुरको पुनर्वासमा रहेको जैविक जलाशय प्यारा तालमा आज शनिवार वृक्षारोपण गरिएको हो ।

प्यारा ताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिको आयोजित वृक्षारोपण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विधायन समितिका सभापति एवं प्रदेशसभा सदस्य दिवानसिंह बिष्ट, सुदूरपश्चिम प्रदेशका मुख्य सचिव डा. हरिप्रसाद लम्साल, पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्मा, सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला मन्त्रालयका उपसचिव कृष्णप्रसाद नेपाल लगायत नागरिहरुको सहभागितामा ताल परिसरमा वृक्षारोपण अभियानको सुरवात गरिएको थियो ।

तालको जैविक पहिचानलाई उजागर गर्दै पर्यापर्यटन विकासका लागि नागरिक स्तरबाट पहल सुरु गरिएको प्यारा ताल परिसरमा फूल प्रजातिका ज्याकारन्डा (बिरेद्र फुल), कल्की, गुल मोहर र रैथाने जातको राजवृक्ष लगायतका विरुवाहरु रोपिएको प्यारा ताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र कुमार बस्नेतले बताए ।

ताल परिसरमा फूल प्रजातिका वृक्षारोपण गरि जैविक पर्यटकीय क्षेत्र प्यारा ताललाई हराभरा र सुन्दर बनाउने अभियान सुरु गरिएको समितिका सचिव प्रेम प्रसाद जैसीले बताए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ