बाघको आक्रमणबाट ज्यान गुमाएकी महिलाको परिवारलाई १ लाख सहयोग


कञ्चनपुर : कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा बाघको आक्रमणबाट ज्यान गुमाएकी महिलाको परिवारलाई हिमालयन मध्यवर्ती उपभोक्ता समितिले किरिया खर्च स्वरुप आर्थिक सहयोग गरेको छ ।

समितिले बाघको आक्रमणबाट ज्यान गुमाएकी दोधारा चाँदनी –२ की २६ वर्षीया हिरा शाहको परिवारलाई किरिया खर्चस्वरुप १ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । राहत उपलब्ध गराउने कोषबाट काजकिरिया खर्चबापत एक लाख रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको समितिले जनाएको छ ।

गत बिहीबार बिहान घाँस काटिरहेकी शाहको बाघले आक्रमण गर्दा ज्यान गएको थियो । दोधराचाँदनी नगरपालिकाले यसअघि घटना घटेको दोस्रो दिन किरिया खर्च स्वरुप ५० हजार रुपैयाँ सहयोग गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ