ओलीले बैठकमा नेताहरूको भनाभन नै नभए त्यस्तो पनि डेमोक्रेसी हुन्छ ? बैठकमा भनाभन होस् । तब न केही आदानप्रदान भयो भनेजस्तो परिभाषा पार्टीमा नचल्ने ओलीले बताए । उनले आफू पनि नगर्ने र अरूलाई पनि गुटबन्दीको कुरा छेउ पनि पर्न नदिन निर्देशन दिए । उनले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई एमालेको खेलाडीजस्तो गरी कार्यक्षेत्रमा खटिन निर्देशन दिए ।
एमाले गुटबन्दीका कारण विभाजन भएको ओलीको स्वीकारोक्ति
काठमाण्डु – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी भएका कारण विभाजन भएको स्वीकारेका छन् । आइतबार नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले गुटबन्दीका कारण एमाले विभाजन भएको स्वीकारेका हुन् । अब एमालेमा गुटबन्दी स्वीकार्य नहुने चेतावनी ओलीले दिए ।
‘हाम्रो पार्टीमा लामो समयदेखि गुटबन्दी थियो । या त हामीले गुटबन्दी नियन्त्रण गर्न सक्नुपर्थ्यो, सकिएन भने अन्ततः विभाजनमा जान्थ्यो हाम्रो पार्टीमा त्यस्तै भयो’, ओलीले भने,‘हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन ।’