सरकारले गल्ती गरे आवाज उठाउनुपर्छ : शेखर कोइराला


काठमाण्डु – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) सहभागी सरकारले गल्ती गरे आवाज उठाउनु पर्ने बताएका छन् ।

सानेपामा आइतबार जातन्त्र सेनानी संघको प्रशिक्षणमा कोइरालाले कांग्रेस र एमाले सरकारमा रहेकोले धेरैलाई निरङ्कुशता जन्मिने शंका रहेको बताए । उनले कांग्रेस–एमाले सरकारले गल्ती गरे आवाज उठाउनुपर्ने बताए।

‘सरकारमा कमीकमजोरी देखिएका खण्डमा आवाज बुलंद गर्नुपर्छ,’ कोइरालाले भने, ‘दुई ठूला दल सरकारमा छन्, कांग्रेस र एमाले। दुई ठूला दल सरकारमा भएपछि निरङ्कुशता जन्मिने पनि त्यत्तिकै शंका छ धेरैलाई। गल्ती गरेको छ र हामीले आवाज उठाउन सक्यौं भने सरकार ठिक ट्र्याकमा हिँड्छ।’

राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेको सरकार बनाइएको कोइरालाले बताए । कांग्रेस र एमाले मिलेर बनाएको सरकारलाई टिकाएर लैजानुपर्ने उनको भनाइ छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ