भारत र श्रीलंकाको एकदिवसीय सिरिज आजदेखि


काठमाण्डु-भारत र श्रीलंकाको एक दिवसीय सिरिज आनदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेल आज दिउँसो २ः४५ बजे श्रीलंकाको कोलम्बु क्रिकेट मैदानमा सुरु हुनेछ ।

सिरिज खेल्न रोहित शर्माको कप्तानीमा रहेको भारतीय टिम यसअघि नै कोलम्बु पुगिसकेको छ । भारतले एकदिवसीय र टी–२० प्रतिस्पर्धाका लागि फरकफरक कप्तान बनाएको हो ।

सूर्यकुमार यादवको कप्तानीमा यसअघि श्रीलंकाविरुद्ध खेलेको टी–२० सिरिजमा भारतले क्लिन स्वीप गरेको छ । तीन खेलमा तीन जित निकाल्दै भारतले टी–२० सिरिज जितेको हो ।

ओडिआई सिरिज जित्दै प्रशिक्षक गौतम गाम्भीर सबै फरम्यार्टमा भारत अब्बल रहेको सावित गर्न चाहन्छन् । श्रीलंकाको टिमको कप्तानी भने चरित असालान्काले गरेका छन् । घरेलु मैदानमा जारी सिरिज उचाल्ने लक्ष्य श्रीलंकाको छ। टी–२० सिरिज गुमाएको श्रीलंका एकदिवसीय सिरिजमा रक्षात्मक बन्ने देखिन्छ ।

तीन खेलको यो सिरिज आजदेखि सुरु भएर साउन २३ गते बुधबार सकिने छ । सिरिजको दोस्रो खेल साउन २० गते आइतबार हुनेछ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ