काभा महिला भलिबलमा आज दुई वटा खेल हुँदै


काठमाण्डु- काभा महिला भलिबल लिगमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा इरान र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा माल्दिभ्सले भारतसँग खेल्ने तालिका छ । अब नेपालले दोस्रो खेल भारतसँग भोलि शनिवार खेल्नेछ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हिजो शुरु भएको प्रतियोगितामा उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो । जीतसँगै नेपालले तीन अङ्क जोडेको छ ।

यस्तै हिजैको अर्को खेलमा भारतले इरानलाई ३–१ ले हराएको थियो । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागीता रहेको छ ।

नेपालले तेस्रो खेलमा २० गते आइतवार माल्दिभ्ससँग र चौथो खेलमा २१ गते सोमवार इरानसँग खेल्ने तालिका छ । लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ । लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच अन्तिम चारमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल २३ गते बुधवार हुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ