सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान


धनगढी – मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएपछि सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि शुक्रबार आह्वान गर्दै मुख्यमन्त्रीमा दाबी पेश गर्न आईतबार साँझ ५ बजेसम्म समय दिएका छन् ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले प्रदेश प्रमुखले संविधानको धारा १६८ को (२) उपधारा बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि आह्वान गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले शुक्रबार राजीनामा दिएका छन् । अब नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ