एकीकृत समाजवादीको ३४४ सदस्यीय केन्द्रीय कमिटी घोषणा, यी नेताहरू थप (सूचीसहित)


काठमाण्डु – नेकपा एकीकृत समाजवादीले ३४४ सदस्यीय केन्द्रीय कमिटीको नामावली सार्वजनिक गरेको छ ।

महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले टुंग्याउने जिम्मा लगाएको केन्द्रीय कमिटी शुक्रबार घोषणा भएको छ ।

समाजवादीको विधानमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था भए पनि आकांक्षी बढी भएपछि ३४४ सदस्यीय बनाइएको छ ।

शुक्रबार पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटी घोषणा गरेको छ । असार १६ गतेदेखि ४ दिनसम्म राजधानीमा भएको महाधिवेशनले केन्द्रीय कमिटी चयन कार्य थाती राखेको थियो ।

हेर्नुहोस् नामावली –

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ