चटपटे र पानीपुरी खाएका १२ जना बिरामी
बाजुरा : बाजुरामा चटपटे र पानीपुरी खाएका १२ जना बिरामी भएका छन् । बडीमालिका नगरपालिका–९ गैरी बजारमा पानीपुरी र चटपटे खाएर बिरामी भएका १२ जना जिल्ला अस्पतालमा भर्ना भएका जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार आइतबार र सोमबार चटपटे पानीपुरी खाएर बिरामी भएका उनीहरु वाकवाकी लाग्ने, वान्ता हुने, ज्वरो आउने र पखाला चल्ने भएपछि अस्पताल भर्ना भएका हुन् ।
तपाईको प्रतिक्रिया दिनुहोस