मिस माल्टा नेपालमा


काठमाण्ड-मिस माल्टा चेरिस स्पिटेरी नेपाल आइपुगेकी छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्टन बोर्डलगायतको टोलीले स्वागत गरेको छ । उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्जेबाजाले स्वागत गरियो ।

नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थासँग मिलेर सामाजिक कार्य गर्नेछ । यस्तै उनीहरू मिस नेपालको ‘ग्राण्ड फिनाले’मा पनि सहभागी हुने जनाइएको छ ।

यस्तै चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै डकुमेन्ट्री पनि निर्माण गर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता सोम सापकोटाले जानकारी दिए । टोली नेपाल भ्रमण पूरा गरेर साउन २२ मा माल्टा फर्किनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ