सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबस्नुहोस्,आफ्नो दायित्व पूरा गर्नुस् : गृहमन्त्री खाँण


काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले प्रभावकारी रुपमा कर्यासम्पादन गर्न प्रमुख जिल्ल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् । जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे शनिबार आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री खाँणले अब मेरो सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबसी आफ्नो दायित्व पूरा गर्नेतर्फ लाग्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

मन्त्री खाँणले जिम्मेवारी राम्रोसँग निभाएका प्रमुख जिल्ल्ला अधिकारीलाई मन्त्रालयले तोकिएभन्दा समय प्रमुख जिल्ल्ला अधिकारी बनाएर राख्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै उनले जुन दिनसम्म जिल्लामा रहिन्छ त्यसदिनसम्म प्रभावकारी काम गर्न सुझाव दिए ।

सरकारको प्रतिनिधि भएकाले जिल्लामा सुरक्षा निकायलाई परिचालन गर्ने जिम्मेवारी प्रमुख जिल्ल्ला अधिकारीकाे रहेकाले सुरक्षा समिति र कतिपय अवस्थामा सर्वदलीय राजनीतिक बैठक बसालेर भए पनि प्रभावकारी काम गर्नुपर्ने जिम्मेवारीप्रमुख जिल्ल्ला अधिकारीको रहेको मन्त्री बताए ।

कोभिड–१९ को महामारीका बेलामा आफैँ सङ्क्रमित भएर पनि शान्ति सुरक्षा सबल बनाउनमा भूमिका खेलेकाप्रति धन्यवाद दिँदैँ मन्त्री खाँणले आगामी दिनमा त्योभन्दा राम्रो काम हुने विश्वास व्यक्त गरे । कतिपय प्रशासन कार्यालयमा सेवा प्रवाह सुस्त भएको गुनासो आएको सन्दर्भ जोड्दै मन्त्री खाँणले जनतालाई समयमै सहज रूपमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्न पनि निर्देशन दिए ।

जनशक्ति कम भएका कार्यालयमा जनशक्ति वृद्धि गर्ने विषयमा मन्त्रालय सकारात्मक रहेको उनको भनाइ थियो । विशेषगरी पहाडी जिल्लामा सवारी दुर्घटना बढिरहकाले दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्नतर्फ लाग्न उनले आग्रह गरे ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ