प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभामा सांसदहरूसँग प्रश्नोत्तर गर्ने


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ७ गते सोमबार प्रतिनिधि सभामा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम गर्ने भएका छन् । सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग आज गरेको छलफलमा ७ साउनमा प्रधानमन्त्री ओलीले सांसदहरूसँग प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको हो ।

प्रमुख सचेतकहरूसँगको छलफलमा साउन ६ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव पेस गर्न समय मागेकोले त्यसलाई कसरी व्यवस्थित गर्ने विषयमा सभामुख घिमिरेले कुराकानी गरेका थिए ।

सभामुख घिमिरेले प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वास मत लिने र साउन ७ गते प्रतिनिधि सभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोउत्तर गर्ने कार्यक्रमबारे प्रमुख सचेतकहरूसँग छलफल गरेका उनको सचिवालयले जानकारी दिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ