ओली सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेका आठ निर्णय


काठमाण्डु-  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले आठ वटा निर्णय गरेको छ । सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले आठ  वटा निर्णय गरेको हाे ।

जसअनुसार बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई रंगशाला बनाउने निर्णय गरेको छ । क्रिकेट रंगशाला बनाउन ३०० दिनको समयसीमा पनि सरकारले तोकेको छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाहरूलाई दश लाखको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्ते बैठकले विपदमा परी १० दिनसम्म बेपत्ता भएकाहरूका परिवारलाई पनि मृतक सरह नै राहत उपलब्ध गराउने निर्णय गरेको छ। यसअघि त्यस्ताे व्यवस्था नभएकाले मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको छ ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले परिवर्तित सन्दर्भमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का विभिन्न समितिहरूमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सम्पूर्ण प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी २०८२ साल असार मसान्तसम्म नेपाललाई सडक बालबालिका मुक्त गराउने निर्णय पनि गरिएको छ । त्यस्तै मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्तामा सञ्चारमन्त्री गुरुङलाई तोकेको छ।

यसैगरी निमित्त मुख्यसचिव लिलादेवी गडतौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिइएको छ। त्यस्तै मन्त्रिपरिषद् बैठकले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित परिवारलाई दोस्रो र तेस्रो किस्ताबापतको रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ