बढ्यो पेट्रोल-डिजेलको मूल्य, प्रतिलिटरको कति पुग्यो ?


काठमाण्डु- पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर ४ र डिजेलको प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

यससँगै नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रोमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ । त्यसैगरी, डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको निगमले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ