नवराज राई ‘पल्टने’को उपन्यास ‘परिबन्धन’ लोकार्पण


भारतीय सेनाका नायक नवराज राई ‘पल्टने’को उपन्यास ‘परिबन्धन’ लोकार्पण गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– २ सोल्मामा जन्मिएर भारतीय सेनाका नायक पदमा कार्यरत सर्जक नवराजको उपन्यास ‘परिबन्धन’ टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङको आयोजनामा लोकार्पण गरिएको हो ।

सर्जकको सम्मान तथा हौसला प्रदान गर्ने उद्देश्यले सर्जक नवराज राई ‘पल्टने’को उपन्यास परिबन्धन लोकार्पण गर्ने जिम्मेवारी आफूहरूले लिएको प्रतिष्ठानका अध्यक्ष भोगेन राई ‘एक्ले’ले बताए । ‘भारतीय सेनाजस्तो व्यस्त जागिरे जीवन बिताइरहेका व्यक्तिले उपन्यासजस्तो साहित्य सिर्जना गर्नु आफैँमा ठूलो कुरा हो । सर्जकको सम्मान तथा नवप्रतिभालाई हौसला प्रदान गर्नु प्रतिष्ठानको दायित्वभित्र पर्छ,’ उनले भने, ‘नवराज भाइले हिम्मत गर्नुभएको छ ! उहाँको सम्मान तथा हौसलाका लागि उहाँको कृति लोकार्पणको बन्दोबस्त हामीले मिलाएका हौँ ।’

परदेशी (लाहुरे)को प्रेमकहानी (लभस्टोरी)मा आधारित उपन्यास  २६४ पृष्ठकाे छ। उपन्यासमा प्रविन र अनु राईलाई प्रमुख पात्रका रूपमा प्रस्तुत गरिएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ