एसडी मुनीको टिप्पणी-नेपालको नयाँ राजनीतिक परिवर्तन ‘म्युजिकल चेयर’


काठमाण्डु-नेपाल मामिलाका भारतीय जानकार तथा कूटनीतिज्ञ एसडी मुनीले नेपालको नयाँ राजनीतिक परिवर्तनका विषयमा टिप्पणी गरेका छन् ।

नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई अवसरवादी र चलखेल गर्नेहरूका लागि ‘म्युजिकल चेयर’ भएको उनले टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेस र एमालेबीच भएको गठबन्धन बाँकी अवधि टिके आश्चर्य हुने उनले सामाजिक सञ्जाल एक्समा टिप्पणी गरेका हुन् ।

मुनीले लेखेका छन्, ‘नेपालको नयाँ राजनीतिक परिवर्तन अवसरवादी र चलखेल गर्नेहरूका लागि ‘म्युजिकल चेयर’ हो । नयाँ गठबन्धनले बाँकी रहेको पूर्ण अवधि टिक्यो भने आश्चर्यको कुरा हुनेछ । भगवान पशुपतिनाथले नेपाली जनतालाई सहयोग गरून् ।’

दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा लामो समय अध्यापन गरेका मुनी भारतमा नेपाल मामिलाका जानकार मानिन्छन् । उनले पछिल्लो समय प्रकाशित गरेको आत्मसंस्मरण ‘ड्याब्लिंग इन डिप्लोमेसीः अथराइज्ड एन्ड अदरवाइज, रिकलेक्सन्स अफ अ नन–करिअर डिप्लोम्याट’मा नेपाल र नेपाली राजनीतिक उतारचढावका विषयमा धेरै विषयको खुलासा समेत गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ