महिलाको पीडा देखाइने फिल्म ‘माइली’ बन्ने


काठमाण्डु-फिल्म ‘माइली’ बन्ने घोषणा भएको छ । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने यो फिल्ममा अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा देखिनेछिन् ।

बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशनमा बन्न लागेको फिल्मका लागि प्रियंकालाई हालै निर्माण पक्षले अनुबन्धित गरेको हो ।

फिल्म टिमले फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा प्रियंकालाई ग्रामिण महिलाको चरित्रमा देखाइएको छ ।

सत्य घटनामा आधारित भएर निर्माण हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने निर्देशक बलामीले बताए ।

फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत, पटकथा र सम्बाद रहने छ । असारको अन्तिमबाट सुटिङ सुरु हुने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौँ र दुबईमा खिच्ने तयारी छ ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ