अछामका एक शिक्षक एक हप्ता देखि बेपत्ता


धनगढी : कैलालीको धनगढीबाट एक शिक्षक बेपत्ता भएका छन्। शिक्षक सेवा आयोगको परीक्षा दिन धनगढी आएका अछामका एक शिक्षक धनगढीबाट बेपत्ता भएका हुन्।

अछामको मेल्लेख गाउँपालिका–६ का टंकबहादुर बोहरा धनगढीबाट सम्पर्क विहीन भएका छन। जनता क्याम्पसका मावि शिक्षक रहेका बोहोरा शनिवारदेखि सम्पर्क विहीन भएका हुन्। शिक्षक सेवा आयोगको परीक्षाका लागि धनगढी आएका बोहरा भन्सार रोड तरकारी थोक बजार क्षेत्रबाट सम्पर्क विहीन भएका छन्। शनिवार साँझ ५ बजेसम्म सम्पर्कमा रहेका बोहोरा बेपत्ता भएका हुन। उनले राति १० बजे तिर घरमा फोन गरेका थिए। मोटरसाइकलमा आएका युवाहरूले लखेटेको बताएका बोहरा बेपत्ता भएका छन्। आफन्तले प्रहरीमा खबर गरेका छन्। तर, प्रहरीले वास्ता नगरेको उनीहरूले बताएका छन्।

बोहरालाई देख्ने वा जानकारी भएकाहरूले हर्क बोहोराको मोबाइल नम्बर ९८५८०२७६४६ मा अर्थात् नजिकको प्रहरीमा खबर गर्न आग्रह गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ