भारतले विश्वकप जितेपछि भारतीय टोलीका कप्तान रोहित शर्मा र विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास


काठमाण्डु – टी-२० विश्वकप जितेपछि भारतीय टोलीका कप्तान रोहित शर्मा र विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् ।

शनिबारको खेलपछि भएको पत्रकार सम्मेलनमा कप्तान शर्माले ट्वान्टी-२० विश्वकपको फाइनल नै आफ्नो टवान्टी-२० अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल भएको बताएका हुन् ।

रोहित शर्माले पत्रकार सम्मेलनमा भने, ‘यो मेरो अन्तिम प्रतिस्पर्धा गियो । मैले हरेक क्षणलाई प्रेम गरेको छु । म यही चाहन्थेँ । म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’ रोहित शर्माले टेस्ट र एकदिवसीय क्रिकेट भने खेलिरहनेछन् ।

रोहितअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्यासको घोषणा गरेका थिए । कोहलीले भने- ‘यो मेरो अन्तिम टी-२० विश्वकप थियो । यो हामीले हासिल गर्न चाहेका थियौं, यो मेरो भारतका लागि अन्तिम टी-२० खेल हो । हामी यो कप उठाउन चाहन्थ्यौं । अब समय आएको छ, टी-२० क्रिकेटलाई युवा खेलाडीहरुले अगाडी बढाउने छन् ।’

रोहित शर्माको नेतृत्वमा भारतले १७ वर्षपछि टी- २० विश्वकप जित्न सफल भएको छ । यस अघि भारतले टी-२० विश्वकपको उपाधि २००७ मा महेन्द्र सिंह धोनीको नेतृत्वमा जितेको थियो



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ