कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको विजयी सुरु


कोपाको शुक्रबार भएको उद्घाटन खेलमा क्यानाडाविरुद्ध २–० को जित निकाल्दै अर्जेन्टिनाले विजयी सुरुवात गरेको हो ।

समूह ‘ए’ को अर्जेन्टिनाले क्यानडाविरुद्ध गोल गर्न दोश्रो हाफ कुर्नु पर्यो । दोश्रो हाफको ४९ औं मिनेटमा अर्जेन्टिनाका जुलिएन अल्भारेजले गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाए ।

दोश्रो गोल खेलको ८८ औ मिनेटमा भयो । अर्जेन्टिनाको लागि मार्टिनेजले गोल गरेपछि खेल २–० ले अर्जेन्टिनाले जित्यो । १६ टिम सहभागी कोपामा चार समूह बनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ