महासचिवका दावेदार वर्षमान र जनार्दनलाई कोरोना संक्रमण


काठमाडाैं – नेकपा माओवादी केन्द्रका नेताद्धय वर्षमान पुन र जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । माओवादीमा महासचिवका दावेदार दुई नेतालाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार पोजेटिभ रिपोर्ट आएका नेता पुन हाल होम आइसोलेसनमा छन् । त्यस्तै, महासचिवका अर्का दावेदार अर्थमन्त्री समेतका शर्मा पाँच दिन अघि कोरोना संक्रमित भएका हुन् ।

संक्रमण पुष्टि भएपछि उनी मन्त्री क्वार्टरमा आइसोलेसनमा बसेका छन् । त्यस्तै माओवादीका अर्का नेता गिरिराजमणि पोखरेल पनि केही दिनयता कोरोनाबाट संक्रमित भएका छन् ।

नेकपा माओवादीले पदाधिकारी चयन गर्न आगामी माघ २७ केन्द्रीय समिति बैठक बोलाएको छ । नेताहरुमा कोरोना संक्रमण देखिन थालेपछि उक्त बैठक अन्योलमा परेको एक नेताले बताए ।

माओवादी केन्द्रीय सदस्य श्रीराम ढकालले भने बैठकको तयारी भइरहेको बताए । केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्नेछ । सहमति जुट्न नसके निर्वाचन प्रक्रियामार्फत पदाधिकारी चयन गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तयारी छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ