गणतन्त्र दिवसको हार्दिक शुभकामना


धनगढी – आज ऐतिहासिक गौरवशाली महत्व बोकेको दिन अर्थात गणतन्त्र दिवस – १५ जेठ। आजकै दिन संविधानसभाबाट बिधिवत ढङ्गले नेपालमा २४८ बर्षदेखि एकात्मक केन्द्रीकृत सामन्ती राजतन्त्रात्मक व्यवस्था अन्त्यको घोषणासङ्गै गणतन्त्र नेपालको संखघोस भएको दिन। सबै भन्दा पहिला यश असाधारण महत्वको दिवस गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु। पुरानो राजतन्त्रात्मक शासन सत्तालइ ध्वस्त गर्दै नवीन जनताको सत्ता स्थापनार्थ वलिदानको उच्च किर्तिमान राख्ने वीर शहिदहरुप्रति उच्च सम्मान सहित हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहान्छु। तमाम घाइते योद्धाहरुको शिघ्रस्वास्थलाभको कामना सहित व्यपत्तायोद्धाहरुप्रति सम्मानभावसहित स्मरण गर्न चाहान्छु। साथै यश अवसरमा सहिद परिवारजनलाइ विशेष रुपले सम्झन चाहान्छु।
नेपालमा राजनितिक तथा शासन व्यवस्था परिवर्तनका खातिर विभिन्न कालखण्डमा  पटकपटकआन्दोलन,सङ्घर्ष,क्रान्ति,जनयुद्ध,जनआन्दोलन,मुक्तिआन्दोलनहरु भएको ईतिहास साछि छ।ती तमाम आन्दोलनको आफ्नो ओज,महत्त्व र गरिमा छ। खास गरि १०४ बर्षको क्रुर जहानिया राणा शासनको गहिरो अनुभुती पनि नेपाली जनताले भोग्नुपर्‍यो।जुन शासन व्यबस्थाको अन्त्य सङ्गै २००७ सालमा आइपुग्दा नेपाली जनताको बलबाट प्रजातन्त्रको स्थापना हुन पुग्यो। प्रजातन्त्र पनि हुनेखानेका लागि वरआतन्त्र र हुदाखानेका लागि परजातन्त्र जस्तो बन्न पुग्यो।जुन व्यवस्थाको खास अनुभुति गर्न नपाउदै चिरहरण हुन पुग्यो।यश व्यबस्थाको१० बर्ष पुग्दानपुग्दै ०१७ मा सैनिक बलमा सत्ता हडप्ने र निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गर्ने काम भयो। एक दशक पुग्दै गर्दा ०२८ तिर देशको पुर्वि क्षेत्रबाट बिद्रोहको सुरुवात हुन पुग्यो। जुन बिद्रोहको बिस्तारि स्वरुप ०३६ को जनमत सङ्ग्रह हुँदै २०४६ को जनआन्दोलन हुन पुग्यो।जुन आन्दोलनले २००७ सालमा खोसिएको जनताको अधिकार पुनर्बहाली हुन पुग्यो। राजा,काङ्ग्रेस र संसदवादी कम्युनिस्ट मिलेर नेपाल अधिराज्यको  संबिधान २०४७, कार्तिक २३ मा जारी भयो। जुन संविधानले पनि राजतन्त्र र राजाको शासन ब्यबस्थालाइ अङ्गिकार गरिरह्यो। संविधान भन्दा माथि राजा रहने व्यवस्था कायम रहिरह्यो।संबिधान जारी हुँदै गर्दाका बखत नै तत्कालिन जनमोर्चाले संविधान अस्वीकार गर्दै संविधानसभाबाट संविधान निर्माण लगायत राष्ट्रियता,जनतन्त्र र जनजिबिकाका सवाल उठाउदै अघि बढ्यो।
बिषय गणतन्त्र दिवसको छ। नेपालमा गणतन्त्र प्राप्तिका १६ बर्ष पार भएका छन। नेपाली राजनितिक इतिहासमा हालको गणतान्त्रिक ब्यवस्था सबैभन्दा उत्कृष्ट शासन व्यबस्था हो। गणतन्त्रभित्रका संघियता,उन्नत लोकतन्त्र,धर्मनिरपेक्षता,समावेशी प्रतिनिधि,संविधानसभाबाट बनेको संविधान जस्ता तत्वहरुले गणतन्त्रको ओज ,महत्त्व,सुन्दरता र गरिमालाइ उचाइ भरिदिएको छ।गणतन्त्र प्राप्तिका खातिर महान जनयुद्धमा हजारौंको वलिदानि भएको ईतिहास साछि छ। हजारौं हजार घाइते अङ्गभङ्ग,कयौ बेपत्ता,जेलनेलजस्ता कठोर सङ्घर्षबाट गणतन्त्रको बिजारोपण हुन पुगेको बिषय जगजाहेर छ। बस्तुत महान जनयुद्धको जगमा भएको १९ दिने जनआन्दोलनको बलमा यो देशमा हामी नेपाली राजतन्त्रका मलामी र सुन्दर संघिय लोकतान्त्रिक गणतन्त्रका सलामी बन्न सम्भव भएको हो। संघिय लोकतान्त्रिक गणतन्त्रको पृष्ठभूमिमा देश संविधानसभाबाट जनपक्षीय  संविधान निर्माण गर्दै २००७ साल वरिपरिबाट उठेको जनताको चाहाना र आकांक्षा पूरा हुने ठाउसम्म पुगेको छ।त्यस्तै संविधानमार्फत नेपाली जनता सार्वभौम सम्पन्न र स्वाधिन बन्न पुगेका छन। समाजिक न्यायको सिद्धान्तले समाजमा भएका तमाम बिभेदको अन्त्य,विभेदकारीहरु कानुनी दायरामा आउने स्थिति पैदा हुँदै गर्दा बिभेदमा परेको वर्ग, समुदाय राज्यको मुलधारमा आइरहेको आभास हुन्छ। समाबेशिताले आज सबै नेपालीलाइ सम्मानजनक उपस्थितिसहित राज्यको मुलधारमा उभ्याएको छ।संघियताले आज देश बिकासको लक्ष्यलाई गतिशिल बनाएको छ।हिजोको केन्द्रीकृत सिंहदरबार केन्द्रित अधिकार गाउँ नगर सम्म पुगिरहेको आभास भैरहेको छ।
आज गणतन्तलाई सम्झदै गर्दा बिगतको झल्को आउन थाल्छ।जति बेला म कक्षा ८ मा पढ्ने विद्यार्थी उमेरले १४ बर्षको।एकदिन टाउकोमा रातो कफन,शरिरमा कम्व्याड ड्रेस,काधमा थ्रि नट थ्रि राईफल भिरेका १०/१५ जनाको टिम हाम्रो हाम्रो गाउँहुँदै घरसम्म आइपुग्यो।पहिलो नम्बरमा रहेकाले कस्सिएको मुठ्ठिले लालसाम बाबु भन्नूभयो मैले पनि खुससाथ लालसलाम फर्काए र कसिलो हात मिलाए । त्यसै गरि अरु मान्छेहरुले राजतन्त्र मुर्दावाद गणतन्त्र जिन्दावादको नारा लगाए मैले पनि सकेजति चिच्याउदै उहाहरुलाइ साथ दिए। केही दिनपछि अर्को टोली त्यसै गरि गाउँ प्रवेश गर्यो म पनि खुसि हुँदै उहाहरु भएको ठाउँ गए। जुन घरमा उमेरले ८० वरिपरिका बाजे बज्यै हुनुहुन्थ्यो। उहाहरुले पनि ज्ञाने चोर देश छोड,राजतन्त्र मुर्दावाद, प्रचण्ड जिन्दावाद,गणतन्त्र जिन्दावादका नारा राम्री भन्न सक्ने र दृढताका साथ नया टोलीसङ्ग खुसिसाथ वातचित गरेको दृश्यले मलाई त्यति बेलैको वालमनोविज्ञान र मेरो मनको इजलासले फैसला गरिसकेको थियो कि यो देशमा एकदिन अवश्य गणतन्त्र आइछाड्नेछ। त्यो बेला ०५७ सालको समय थियो। त्यहि दिनदेखी म आजसम्मका २४ बर्षसम्म यश ब्यबस्थाका पक्षमा दृढतापुर्वक उभिरहेको छु।
आज देशका केही तत्वहरुले यो व्यबस्थाको पुर्ण बिरोध गरिरहेका छन त केहिले गणतन्त्रको पृष्ठभूमिमा प्राप्त उपलब्धिहरुको बिरोध गरिरहेका देखिन्छन।कुनै पनि राजनितिक वा शासन व्यबस्था आफैमा पुर्ण नहुन सक्दछ।हरेक राम्रा बिषयका पछाडि केही नराम्रा बिषय पनि हुन्छन नै।नेपाली जनताको सर्वश्रेष्ठ वलिदान,त्याग,वलिदान,समर्पण,सौर्य,साहास,रगत,पसिनाबाट आर्जित यो ब्यबस्था बिरोधि गतिबिधिहरु किमार्थ स्विकार्य हुनसक्दैन।ब्यबस्थाभित्रका कार्यक्रमिक कमजोरीरुलाइ सुधार गर्दै सच्याउदै अघि बढ्नुको बिकल्प हामिसङ्ग छैन।ईतिहास जहिले पनि अगाडि बढ्ने हो पछि फर्किन खोज्नु र इतिहासको गतिलाई पछाडि फर्काउन खोज्नु दुस्साहस मात्र हो।अघि बढ्ने हिम्मत र साहास गरौ पछि फर्कने दुस्साहस कसैले नगरौ।दुस्साहस गर्नेलाई इतिहासले सदा सर्वदा धिक्कारिरहनेछ।संघिय लोकतान्त्रिक गणतन्त्रका सुन्दर Components हरुको दृढतापुर्वक कार्यान्वयन,सवलिकरण आजको आवश्यकता मात्र नभइ अनिवार्यता पनि हो।
वास्तवमा गणतन्त्र अरुका अधिकारको सम्मान गर्दै आफ्नाअधिकारको उपयोग गर्ने जीवन पद्धतिको रुपमा ग्रहण गर्न सक्नुपर्दछ। त्यस्तै संघिय लोकतान्त्रिक गणतन्त्र स्थानिय स्वायत्तता र आधारभुत बिषयमा स्वनिर्णयको अधिकार समेत हो।यस्तै प्रकारको दृढ संकल्प हाम्रो राज्य र राजनितिक नेतृत्वमा कायम रहिरहने हो भने यहि ब्यवस्थाभित्रै जनतामा बढ्दो निराशाको अन्त्य,ब्यवस्थाभित्रका कयौ भ्रमित बुझाइहरु,ब्यबस्थालाइ जबरजस्त असफल पार्ने प्रयासहरु क्षणभरमै निरुत्साहित हुने कुरामा दुइमत छैन।
अन्तिममा, आजको यश ऐतिहासिक अवसरमा यो ब्यस्थाका प्रतिमुर्ति जनयुद्ध,जनआन्दोलन,मधेश आन्दोल,मुक्ति आन्दोलन,क्रान्ति र सङ्घर्मा जीवन उत्सर्ग गर्ने महान शहिदहरुप्रति एकचोटि फेरि हार्दिक श्रद्धासुमन,बेपत्तायोद्धाहरुमा उच्चसम्मान व्यक्त गर्दछु।घाइते योद्धाहरुको शिघ्रस्वास्थलाभको कामनासहित शहिदपरिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। सबै गणतन्त्र र बर्तमान ब्यबस्थाका पक्षधरहरुमा शहिदहरुले देखाएको सत्य र न्यायको मार्गमा हिड्न आजको दिनले प्रेरित गरोस।

सबैमा गणतन्त्र दिवसको हार्दिक शुभकामना

– लेखक : दिपक डी. सि.

अध्यक्ष : अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ