क्रिकेटर सन्दीप लामिछाने निर्दाेष ठहर


काठमाण्डु – क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले निर्दाेष ठहर गरेको छ ।

जिल्ला अदालत काठमाण्डुले बलात्कार मुद्दामा दोषी ठहर गर्दै कैद सजाय तोकेकोमा उच्च अदालत पाटनले सफाइ हुने फैसला गरेको हो ।

गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएकोमा उच्च अदालतले फैसला उल्ट्याएको छ ।

अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ