सरकार परिवर्तन गर्न एमालेसँग कांग्रेस मिल्दैँनः गगन थापा


काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार ढाल्ने खेलमा नलागेको बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै थापाले कांग्रेस एमालेसँग नमिल्ने बताएका हुन् ।

‘हामी कुनै पनि सरकार परिवर्तनको खेलमा छैनौं। हामी अहिले एमालेसँग मिलेर सरकार बनाउनुपर्छ कांग्रेस एमाले मिल्नुपर्छ भन्ने कुनै पक्षमा छैनौं। हामीलाई त्यतातिर कुनै चासो छैन अहिले।’, उनले भने ।

महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको तथ्य र प्रमाण आफूहरुसँग रहेको भन्दै संसदीय छानबिनका आधारमा त्यसलाई गलत प्रमाणित गर्न चुनौती दिए ।

‘प्रमाण खोज्न कही जान पर्दैन । सरकारी अड्डामा गएर तथ्य केलाए हुन्छ । यही तथ्य प्रमाणका आधारमा प्रमाणित हुन्छ । यसलाई संसदीय समितिबाट आधारहीन छन् भनेर प्रमाणित गर्न चुनौती दिन्छौं । तपाईंहरूकै बहुमत छ गलत हुन भनेर सावित गर्न चुनौती छ’, थापाले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ