कांग्रेसको असन्तुष्टि सभामुखतिर सोझियो


काठमाण्डु – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

संसद्को गतिरोध अन्त्य गर्न सभामुखले भूमिका निर्वाह नगरेको र जबरजस्ती कार्यसूचीमा प्रवेश गरेको कांग्रेसको आरोप छ ।

शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको महामन्त्री गगनकुमार थापाले जानकारी दिए । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार पदाधिकारी बैठक बसेको छ ।

संसद्को अवरोध अन्त्य गर्नका लागि संवेदनशील नदेखाएको भन्दै सभामुखको भूमिकाप्रति कांग्रेसले असन्तुष्टि जनाएको छ । सरकार नै सहकारी ठगी प्रकरणको छानबिन समिति नबनाउनेतर्फ लागेको महामन्त्री थापाको आरोप छ ।

सदनमा गृहमन्त्रीको जवाफ सुन्न कांग्रेस तयार रहे पनि सभामुखले जबरजस्ती कार्यसूचीमा प्रवेश गरेका कारण रोष्टम घेराउ गर्नुपरेको उनले बताए ।

प्रधानमन्त्रीले तत्काल सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने विषयमा आश्वस्त पार्न नसके समाजमा अप्रिय घटना हुनसक्ने उनले बताए । जीबी राईसँग मिलेर रवि लामिछानेले अर्बाैं रकम हिनामिना गरेको उनले आरोप लगाए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ