डोल्पामा आगो निभाउने क्रममा घाइते तीन नेपाली सेनाको मृत्यु
काठमाण्डु- डोल्पाको ठुलिभेरी नगरपालिका-४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीन जना नेपाली सेनाको मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको छ । उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा काभ्रेका ३८ वर्षीय केशवबहादुर मगर र हुम्लाका २३ वर्षीय आशिष बुढा छन् । यसअघि सोमबार उपचारकै क्रममा जुम्लाका २८ वर्षीय हेमन्त रावलको मृत्यु भएको थियो ।
रावलको जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको थियो भने मगर र बुढाको काठमाडौंको कीर्तिपुरस्थित जलन अस्पतालमा मृत्यु भएको हो । घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको कीर्तिपुरमै उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस