देशभर ३ हजार १७५ जनामा सङ्क्रमण पुष्टि, १४ को मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार १७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।आज देशभर ८ हजार ७२३ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी आज १४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ