२० वर्षकाे कलिलै उमेरमा पाइलट बनिन् अमिसा
उनले उतै हालै पाइलटको ट्रेनिङ र पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको जनाइएको छ। गत मङ्सिरमा नेपाल छोडेकी उनी साउथ अफ्रिका पुगेर पढ्न थालेकी थिइन्।
उनका पिता मीन कार्कीले छोरीको सफलताले आफू निकै हर्षित भएको बताउँदै छोरी पाइलट बन्ने भएको जानकारी दिए। उनले आफ्नी छोरीले १८ महिने ट्रेनिङ सकेको र अब नेपालमा लाइसेन्स लिएर पाइलट बन्न सकिने बताए।
उनका पिताका अनुसार अमिसाले बाजुराबाटै १० कक्षा पास गरेर काठमाडौं गएकी थिइन् भने काठमाडौंबाट १२ पास (प्ल्सटु) पास गरेर साउथ अफ्रिका उडेकी थिइन्।
अमिसा मीनकी जेठी छोरी हुन्। मीनका जम्मा ५ वटा सन्तानमध्ये ४ छोरी र १ छोरा छन्। मीनको भने अमिसालाई डाक्टर बनाउने चाहना भएकोमा अमिसाकै इच्छाअनुसार पाइलट बनेको बुझिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस