नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रमोद


काठमाडौं—नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवको जिम्मेवारी डा. प्रमोद जोशीले पाएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. जोशीलाई ४ वर्षका लागि परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो ।

उनी यसअघि गेटा मेडिकल कलेज अस्पताल गेटाका निमित्त निर्देशक रहेका थिए । डा. जोशी नेपाल मेडिकल एसोसिएसनका कोषाध्यक्षसमेत हुन् । यसअघि उनी राष्ट्रिय ट्रमा सेन्टरका निमित्त मेडिकल सुपरिटेण्डेन्ट रहेका थिए ।

डा. जोशी नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् । २६ माघमा निवर्तमान सदस्य सचिव डा. प्रदीप ज्ञवालीको ४ वर्षे कार्यकाल सकिएसँगै परिषदको सदस्य सचिवको पद खाली रहेको थियो । परिषदको सदस्य सचिव कार्यकारी प्रमुख रहने व्यवस्था रहेको छ । सदस्य सचिवको नियुक्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले गर्ने कानुनी व्यवस्था रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ