चुनावको मिति नतोके आन्दोलन गर्ने एमालेको निर्णय


काठमाण्डु- नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनको मिति तोक्नका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको एमाले पदाधिकारीहरुको बैठकले संविधान र कानुनअनुसार तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारलाई दबाब दिने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले चुनाव घोषणाका लागि दबावमुलक कार्यक्रम गर्ने निर्णय गरेको जनाइएको छ । सातै प्रदेशमा पनि भेला गर्ने उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताएका छन् । ‘भोलि नै मिति घोषणा भयो भने एउटा कुरा होला, होइन भने चुनाव गराउन दबावमुलुक कार्यक्रम गर्छौँ ।’ उनले भने ।

सत्ता गठबन्धनले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति गरे पनि मिति तोक्ने सकेको छैन् । प्रधानमन्त्री शेरबहादुर देउवाले अब बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको मिति तोक्ने बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ