कैलालीको धनगढीबाट ६५ हजारको भन्सार छलीको सामान जफत


कैलाली  : कैलालीको धनगढीबाट ६५ हजारको भन्सार छलीको सामान जफत गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालयका अनुसार शनिवार ६५ हजार तीनसय ६० रुपैयाँका भन्सार छलीका सामान जफत गरिएको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ चौराहबाट २० हजार ५० को चिनी, मिस्री, नरिवल, मिठाई, प्याज प्लास्टिकका झिल्ली लगाएतका सामान जफत गरिएको छ।

निवार नै वडा नम्बर ३ बाट ३८ हजार आठ सय १० रुपैयाँका प्याज, चिनी, चकलेट, चप्पल लगायतका सामान जफत गरिएको छ। उता भजनी नगरपालिका वडा नम्बर ३ धुसीबाट ६ हजार पाँच सयका सुर्ती जफत गरिएको छ।

जिल्लामा एकै दिन ६५ हजार तीन सय ६० रुपैयाँका भन्सार छलीका सामान जफत गरिएको हो।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ