मोटरसाइकल दुर्घटनामा अस्ताए ढकाल दम्पती


कैलाली : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको ज्यान गएको छ।

बुधवार साँझ कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा दुर्घटना भएको हो।

ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो। उनीहरू अछामबाट बर्दियाको भुरीगाउँतर्फ गइरहेका थिए।

बुधवार साँझ करिब सात बजेतिर नदीमा खसेका दुवै जनालाई मोटर बोट र र्याफ्टिङको सहायताले उद्धार गरिएको थियो। मृतकका शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

मृतक ढकालका दुई छोरा एक छोरी बर्दियाको भुरीगाऊँमा बसेका छन्। ढकाल अछामको विनायक बजारमा बिजुली पसल राखेर विद्युतको काम गर्थे।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ